अनलाइनबाटै जीएसएम पोस्टपेड सिम नामसारी हुने
nepalsamaya.com · Sat Aug 15 04:59:23 GMT 2026

काठमाडौं- नेपाल टेलिकमको जीएसएम पोस्टपेड मोबाइलका ग्राहकहरुले अब नामसारी गर्नका लागि आवश्यक सम्पूर्ण विवरण अनलाइनमार्फत भर्न सकिने भएको छ। कुनै एक व्यक्तिको नाममा भएको पोस्टपेड सिमकार्ड अर्को व्यक्तिको नाममा नामसारी गर्नका लागि आवश्यक सम्पूर्ण विवरण भरेर अन्त्यमा नामसारी दस्तुर उपलब्ध गराउन र आवश्यक प्रमाणीकरणका लागि मात्र नजिकको दूरसञ्चार कार्यालयमा उपस्थित हुनु पर्नेछ।
यस अनुसार ग्राहकहरुले कस्टमर लगइन पोर्टल https://kyc.ntc.net.np मार्फत आवश्यक विवरण भर्न सक्ने छन्। उक्त पोर्टल लगइन गरेर मोबाइल नम्बर राखे पश्चात ओटीपी प्राप्त हुनेछ र त्यसपछि हालको ग्राहक र नामसारी गर्नुपर्ने नयाँ ग्राहकको व्यक्तिगत विवरणहरु उपलब्ध गराउनु पर्नेछ। यसका साथै गत एक महिनाको अवधिमा कल गरिएका ५ वटा मोबाइल नम्बर समेत राख्नु पर्छ।
Read full story at source (nepalsamaya.com)