स्वास्थ्य बीमा सेवा व्यवस्थित गर्न राप्ती प्रतिष्ठानमा ओपीडी टिकट काउन्टर थप
ratopati.com · Sat Aug 15 05:03:37 GMT 2026

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवा प्रभावकारी, चुस्त–दुरुस्त तथा व्यवस्थित बनाउने उद्देश्यले ओपीडी टिकट काउन्टर थप गरिएको छ। प्रतिष्ठानमा उपचारका लागि आउने स्वास्थ्य बीमा सेवाग्राहीको संख्या बढ्दै गएपछि टिकट वितरणमा हुने भीडभाड तथा लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै थप एक काउन्टर सञ्चालनमा ल्याइएको हो।
यसअघि प्रतिष्ठानमा स्वास्थ्य बीमा सेवाका लागि दुई वटा ओपीडी टिकट काउन्टर सञ्चालनमा रहेका थिए। सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न थप एक वटा काउन्टर वृद्धि गरिएपछि हाल तीन वटा ओपीडी टिकट काउन्टर सञ्चालनमा रहेका छन्। काउन्टर थपिएसँगै टिकट वितरण प्रक्रियालाई छिटो, सहज र व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।
Read full story at source (ratopati.com)