राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति कप फुटसल प्रतियोगिता
ratopati.com · Sat Aug 15 06:31:29 GMT 2026
घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा कार्यरत चिकित्सक, कर्मचारी, विद्यार्थी तथा प्रतिष्ठानसँग आबद्ध विभिन्न पक्षबिच आपसी सद्भाव, सहकार्य र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘उपकुलपति (भीसी) कप फुटसल प्रतियोगिता–२०८३’ शनिबारदेखि सुरु भएको छ ।
प्रतिष्ठानको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिता दुई दिनसम्म चल्नेछ । घोराहीको भरतपुर रोड नजिकै रहेको पुरानो हाउस फुटसल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा प्रतिष्ठानमा कार्यरत चिकित्सक, विद्यार्थी तथा कर्मचारी गरी विभिन्न १० वटा समूहको सहभागिता रहेको छ ।
Read full story at source (ratopati.com)