पब्जी मोबाइल विश्वकप ग्रान्ड फाइनलको पहिलो दिन नेपाली टोली होरा ईस्पोर्ट्स १२औँ स्थानमा
techpana.com · Sat Aug 15 06:30:50 GMT 2026
काठमाडौं । जारी पब्जी मोबाइल विश्वकप (पीएमडब्लूसी) २०२६ को ग्रान्ड फाइनलको पहिलो दिन नेपाली टोली होरा ईस्पोर्ट्स १२औँ स्थानमा रहेको छ । फ्रान्सको पेरिसमा भइरहेको ग्रान्ड फाइनलको पहिलो दिनको खेल सकिँदा नेपाली टोलीले यो स्थान हासिल गरेको हो ।
प्रतियोगिताको पहिलो दिन निर्धारित ६ खेलमध्ये केही खेलाडीहरू फुड पोइजनिङका कारण बिरामी परेपछि चार खेलमात्र सञ्चालन भए । ती चार खेलमा होरा इस्पोर्ट्सले १३ एलिमिनेसन गर्दै कुल १९ अङ्क जोडेको छ ।
Read full story at source (techpana.com)