दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तर कोरियासँग वार्ताको प्रस्ताव
ratopati.com · Sat Aug 15 06:41:40 GMT 2026

साेल । दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने उद्देश्यले उत्तर कोरियासँग वार्ताका लागि प्रस्ताव गरेका छन् । उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय’ आणविक राष्ट्र घोषणा गर्दै रुससँगको सैन्य सम्बन्ध विस्तार गरिरहेका बेला राष्ट्रपतिको यस्तो प्रस्ताव आएको हो ।
दुई कोरिया प्राविधिक रूपमा अझै युद्धकै अवस्थामा छन् । सन् १९५०–५३ को कोरियाली युद्ध शान्ति सम्झौतामार्फत नभई युद्धविरामबाट अन्त्य भएको थियो ।
Read full story at source (ratopati.com)