क्यानभास होइन, शरीरमै कलाकृति,ट्याटुदेखि बडी मोडिफिकेसनसम्मः कबिनराजको फरक यात्रा (तस्बिरहरु)
nepalnews.com · Sat Aug 15 06:43:17 GMT 2026

काठमाडौँ। हामीमध्ये धेरै जना शरीरलाई जन्मजात प्राप्त हुने संरचना मान्छौँ। यो ठीकै पनि हो। तर, हेटौंडाका २७ वर्षीय कबिनराज पुरीका लागि शरीर एउटा क्यानभास हो। ‘एन्थोनी बडी आर्टस्’का नामले परिचित उनी ‘बडी मोडिफिकेसन’लाई व्यक्तिको पहिचान, भावना र स्वतन्त्रताको कलात्मक अभिव्यक्ति मान्छन्।
नेपालका पहिलो बडी मोडिफिकेसन कलाकार कबिनले अन्तर्राष्ट्रिय स्तरमा विश्व कीर्तिमान कायम गर्दै नेपाली बडी मोडिफिकेसन कलालाई विश्वमञ्चमा पुर्याउने अभियान थालेका छन्। विशेषगरी आइबल ट्याटुको क्षेत्रमा नेपालबाहिर उनको अलग्गै पहिचान छ। ‘मेरो लागि बडी मोडिफिकेसन कला मात्र होइन, मानिसको भित्रि भावना बाहिर ल्याउने माध्यम हो,’ उनी भन्छन्, ‘मानिसले आफू वास्तवमा को हो भन्ने कुरा कहिलेकाहीँ शब्दले भन्दा आफ्नो शरीरमार्फत राम्रोसँग व्यक्त गर्न सक्छ।’
Read full story at source (nepalnews.com)