थानाभञ्ज्याङमा बस र माइक्रो भ्यान दुर्घटना : दुई जनाको मृत्यु, तीन घाइते
nagariknews.nagariknetwork.com · Sat Aug 15 06:39:44 GMT 2026

नुवाकोटको शिवपुरी गाउँपालिका-७ थानाभञ्ज्याङमा बस अचानक गुड्दा पार्किङ गरेर राखिएको माइक्रो भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्।
शनिबार बिहान अन्दाजी ८:२५ बजे बा.प्र.०८-१ ख ००५२ नम्बरको बस अचानक गुडेर सडक अगाडि रोकिराखेको बा.प्र.३-००१ ज ११७६ नम्बरको खाली ईभी भ्यानलाई ठक्कर दिएको थियो। ठक्करपछि ईभी भ्यान र बस सडकबाट अन्दाजी ३०/४० मिटर तल भिरमा खसेको थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)