आत्मबोधको काव्ययात्रा
annapurnapost.com · Sat Aug 15 07:10:12 GMT 2026

नेपाली साहित्यका चर्चित कवि र साहित्यकार हुन्, राजेन्द्र शलभ। उनी समकालीन नेपाली साहित्यका सशक्त कवि, साहित्यकार तथा बहुआयामिक स्रष्टा हुन्। नेपाल ल क्याम्पसमा सहप्राध्यापकका रूपमा अध्यापन र अवकाशपछि पनि साहित्य, रंगमञ्च, रेडियो, टेलिभिजन तथा चलचित्र क्षेत्रमा लेखन, निर्देशन, प्रस्तुति र सम्पादनमार्फत सक्रिय र सधनामय राजेन्द्र शलभका चर्चित कृतिमध्ये, ‘उज्यालोको सर्त’ कविताको रङ’ र उजाले के सँग’ कवितासंग्रह प्रकाशित भैसकेका छन्।
कविताका माध्यमबाट मानवीय संवेदना, प्रेम, जीवनदर्शन, सामाजिक यथार्थ तथा अन्तरमनका अनुभूतिहरू प्रभावकारी रूपमा अभिव्यक्त गर्ने सरल, भावपूर्ण र कलात्मक भाषाशैली उनको लेखनको प्रमुख विशेषता हो। साहित्यका माध्यमबाट यस्तै विविध अनुभूतिलाई प्रवाह गर्न उनको नयाँ कवितासंग्रह अक्षर मनका बजारमा आएको छ। ‘अक्षर मनका’ कवितासंग्रह अध्ययन यात्राको पहिलो अनुभूति ‘उज्यालो पर्खिरहेछु’ ले नै सम्पूर्ण कृतिको वैचारिक आधार निर्माण गर्छ। कविले समयसँगै अर्थ बदलिने यथार्थ स्वीकार्दै अन्ततः आशाको पक्ष लिएका छन् ‘अँध्यारोपछि सधैं उज्यालो हुन्छ।’ यो पंक्ति केवल आशावाद होइन, जीवनदर्शन हो।
Read full story at source (annapurnapost.com)