कलम समाउने हातमा हतकडी !
janaaastha.com

रातको अँध्यारोमा पत्रकारको घर अगाडि प्रहरीको ठूलो जत्था पुग्छ। जबरजस्ती ढोका खोल्न लगाइन्छ र एउटा पत्रकारलाई पक्राउ गरिन्छ। उसको हातमा हतकडी लाग्छ। साथमा केवल एउटा मानिस पक्राउ पर्दैन—उसका साथमा उसका कम्प्युटर, ल्यापटप, आइप्याड, मोबाइल र समाचारका सम्भावित स्रोतहरू पनि नियन्त्रणमा लिइन्छन्। त्यसपछि प्रश्न उठ्छ—पक्राउ परेको व्यक्ति किशोर श्रेष्ठ हुन् कि उनको कलम?
यो प्रश्न आज एउटा पत्रकारको व्यक्तिगत स्वतन्त्रताको प्रश्न मात्र रहेन। यो नेपाली पत्रकारिताले दशकौँदेखि बोकेको एउटा पुरानो तर कहिल्यै नसकिने प्रश्नको नयाँ अध्याय आज बनेको छ—सत्तालाई प्रश्न सोध्ने पत्रकारको सीमा कहाँसम्म हो, र सत्ताले पत्रकारलाई नियन्त्रण गर्ने सीमा कहाँबाट सुरु हुन्छ ?
Read full story at source (janaaastha.com)