झापा पुगे ओली, विमानस्थलमा स्वागत गर्नेको भीड
baahrakhari.com · Sat Aug 15 07:23:59 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार (साउन ३०) गृहक्षेत्र झापा पुगेका छन् । विमानमार्फत उनी झापा गएका हुन् ।
भद्रपुर विमानस्थलमा ओलीलाई स्वागत गर्न ठूलो संख्यामा कार्यकर्ता उपस्थित भए । झापामा रहँदा उनले पार्टीका स्थानीय नेता–कार्यकर्तासँग भेटघाट गर्नेछन् । स्थानीय कार्यक्रममा पनि उपस्थित हुने एमालेले जनाएको छ ।
Read full story at source (baahrakhari.com)