सुस्तामा नारायणीको कटान तथा डुबान
nepalpress.com · Sat Aug 15 07:25:32 GMT 2026

रूपन्देही । समयमै तटबन्ध नभएकोले नारायणी नदीमा आएको बाढीको कारण पश्चिम नवलपरासीको सुस्तामा डुबान भएको छ भने कटान बढेपछि स्थानीयमा त्रास बढेको छ। सो गाउँपालिका-५ को थारू टोलमा नारायणीको बाढीले जलमग्न भएको हो।
सुस्ता बचाउ युवा अभियानका संयोजक योगेन्द्र गौतमले समयमै तटबन्ध नगरिएकाले नेपाली सीमा रक्षक बनेर बसेका सुस्तावासी डुबानको कारण थप समस्यामा परेको जनाएका छन् । कटान बढेपछि स्थानीयमा त्रास बढेको उनले जनाए ।
Read full story at source (nepalpress.com)