अदालतमा विचाराधीन मुद्दाका कारण लक्ष्यअनुसार काम गर्न कठिन भयो : मुख्यसचिव कार्की
ratopati.com · Sat Aug 15 07:34:53 GMT 2026

काठमाडौँ । सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका कारण सरकारले लक्ष्यअनुसार कार्यसम्पादन गर्न नसकेको मुख्यसचिव गोविन्दबहादुर कार्कीले बताएका छन् । नेपाल उद्योग परिसङ्घले आयोजना गरेको ‘बजेट वाच’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
कार्यक्रममा बोल्दै मुख्यसचिव कार्कीले सार्वजनिक खरिद प्रक्रियालाई थप सरल, प्रतिस्पर्धी र आधुनिक बनाउन नयाँ व्यवस्थाहरू समावेश गरिएको जानकारी दिए। विशेषगरी जलविद्युत् तथा अन्य सरकारी आयोजना सञ्चालनका लागि वन क्षेत्रको प्रयोगसम्बन्धी कानुनी प्रावधानहरू विगतको तुलनामा सहज बनाइएको उनको भनाइ थियो। कानुनी सुधारका बाबजुद कतिपय विषयहरू सोचेअनुरूप सहज हुन नसकेको स्वीकार गर्दै उनले सर्वोच्च अदालतमा मुद्दाहरू विचाराधीन रहेकाले कार्यसम्पादनमा कठिनाइ भएको स्पष्ट पारे।
Read full story at source (ratopati.com)