उच्च हिमाली क्षेत्रमा स्वच्छ ऊर्जा प्रविधि प्रवर्द्धन गर्न मुस्ताङमा नयाँ परियोजना सुरु
ratopati.com · Sat Aug 15 07:38:14 GMT 2026

मुस्ताङ । नेपालका उच्च हिमाली क्षेत्रमा स्वच्छ ऊर्जा प्रविधि प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘हिमालयमा स्वच्छ तापका लागि नवीकरणीय ऊर्जा प्रवर्द्धन परियोजना’ सुरु भएको छ। यो परियोजना मुस्ताङको घरपझोङ गाउँपालिकामा सञ्चालन हुनेछ।
परियोजनाले मुस्ताङका स्थानीय ६५ घरधुरी र पाँच वटा संस्थासँग मिलेर काम गर्नेछ। परम्परागत जैविक इन्धनमा निर्भर नरही भरपर्दो ऊर्जा उपलब्ध गराउन सक्ने स्वच्छ ऊर्जा प्रविधिको पहिचान, परीक्षण र प्रवर्द्धन गर्नु यसको मुख्य ध्येय रहेको छ। यस पहलले वातावरणीय प्रभाव न्यूनीकरण गर्नुका साथै हिमाली समुदायको स्वास्थ्य, जीवनस्तर र जलवायु उत्थानशीलता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।
Read full story at source (ratopati.com)