विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानुन संशोधन गर्दैछौँ : सचिव दुवाडी
ratopati.com · Sat Aug 15 07:43:57 GMT 2026

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन कानुन संशोधन गर्ने तयारी भइरहेको बताएकी छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले आयोजना गरेको कार्यक्रममा उनले विद्युत् उत्पादनसँगै वितरण र व्यापारमा पनि निजी क्षेत्रलाई सहभागी गराउन कानुन संशोधन गर्न लागिएको बताएकी हुन् । विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिताका लागि आवश्यक कानुनी गाँठो फुकाउन नेपाल ऐन संशोधनमार्फत अघि बढ्ने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिइन् । उनका अनुसार विद्यमान कानुनमा विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने व्यवस्था छैन । कानुनी जटिलताका कारण तत्काल निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन नसकेको बताइन् ।
Read full story at source (ratopati.com)