बैंकहरूको नाफा ३२%ले बढेर ७० अर्ब पुग्यो, व्यवसाय खासै बढेन, रिकभरी र सम्पत्ति व्यवस्थापन मुख्य कारण
clickmandu.com · Sat Aug 15 07:46:39 GMT 2026

काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकहरूको खुद ब्याज आम्दानी खासै नबढे पनि समग्र खुद नाफामा भने उल्लेख्य सुधार आएको छ । बैंकहरूले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को अपरिष्कृत वित्तीय विवरण अनुसार, कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) मा भएको गिरावटले बैंकहरूको नाफा बढाउन मुख्य भूमिका खेलेको देखिन्छ । समग्रमा बैंकहरूको नाफा अघिल्लो वर्षको तुलनामा ३२.३२ प्रतिशतले बढेर ६९ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ ।
बैंकहरूको सञ्चालन खर्च र प्रोभिजनिङमा आएको सुधारले गर्दा ब्याज आम्दानीको सुस्त वृद्धिका बाबजुद नाफाको अंक भने लोभलाग्दो देखिएको छ । अन्तिम लेखापरीक्षणपछिको विवरण अनुसार अघिल्लो वर्ष बैंकहरूले ५२ अर्ब ८१ करोड ८५ लाख रूपैयाँ नाफा गरेका थिए ।
Read full story at source (clickmandu.com)