तयार भयो, तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह
khabarhub.com · Sat Aug 15 08:08:16 GMT 2026

भद्रपुर- झापाको कनकाई नगरपालिका–४ कोटिहोमस्थित कनकाई नदीको पूर्वी तटमा करिब २ करोड ५० लाख खर्च गरेर निर्माण गरिएको विद्युतीय शवदाह गृह निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि नियमित सञ्चालनमा आउन सकेको छैन।
शवदाह गृह निर्माण सम्पन्न भए पनि कनकाई नगरपालिकाले यसको औपचारिक जिम्मेवारी अझै लिएको छैन। सञ्चालनका लागि आवश्यक केही पूर्वाधार पूरा नभएको तथा विद्युत्को भोल्टेजमा समस्या देखिएपछि नगरपालिका तत्काल जिम्मेवारी बुझ्ने पक्षमा नरहेको हो।
Read full story at source (khabarhub.com)