काठमाडौँमा १८ लाख फिरौतीका लागि अपहरण : छगडोलबाट उद्धार, ७ जना अपहरणकारी पक्राउ
ratopati.com · Sat Aug 15 08:25:12 GMT 2026

काठमाडौँ । झापा शिवसताक्षी नगरपालिका–१० माईधार घर भई हाल काठमाडौँ महानगरपालिका–२६ मित्रनगर बस्ने नवीन रायालाई अपहरण गरी बन्धक बनाउने र १८ लाख रुपैयाँ फिरौती माग्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
गत साउन २८ गते अपरिचित ५र६ जनाको समूहले रायालाई अपहरण गरी, बन्धक बनाई कुटपिट गर्नुका साथै उनका परिवारसँग १८ लाख रुपैयाँ फिरौती माग गरेको गोप्य सूचना प्रहरी कार्यालयमा प्राप्त भएको थियो।
Read full story at source (ratopati.com)