उपत्यकाका पाँच स्थानबाट ग्यास बिक्री गर्दा पनि लाइन उस्तै
kendrabindu.com · Sat Aug 15 09:17:04 GMT 2026

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव भएपछि नेपाल आयल निगमले काठमाडौं उपत्यकाका पाँच स्थानबाट ग्यास बिक्री–वितरण सुरु गरे पनि उपभोक्ताको लाइन भने घटेको छैन । यसअघि टेकुस्थित निगमको कार्यालयबाट मात्रै ग्यास बिक्री गर्दै आएको निगमले शनिबारदेखि बिक्री केन्द्र विस्तार गरे पनि ग्यास लिन आउने उपभोक्ताको भीड उस्तै देखिएको हो ।
ग्यासको अभाव नहोस् र उपभोक्ताले सहज रूपमा सिलिन्डर पाउन सकून् भन्ने उद्देश्यले निगमले उपत्यकाका विभिन्न पाँच स्थानबाट ग्यास बिक्री सुरु गरेको थियो । निगमका अनुसार टेकु कार्यालय, यातायात कार्यालय परिसर चावहिल, बसुन्धरास्थित राधास्वामी परिसर, राधास्वामी परिसर कीर्तिपुर र पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट ग्यास बिक्री गरिएको हो ।
Read full story at source (kendrabindu.com)