आईफोनबाट खिचिएका फोटो पहिचान गर्न नयाँ प्रविधि ल्याउँदै एप्पल, कसरी गर्ने प्रयोग ?
techpana.com · Sat Aug 15 09:23:01 GMT 2026

काठमाडौं । एप्पलले आफ्ना आईफोन डिभाइसबाट खिचिएका सक्कली तस्वीरहरू सहजै पहिचान गर्न सकिने नयाँ प्रविधि ल्याउने भएको छ । इन्टरनेटमा एआई सिर्जित नक्कली फोटोहरूको बिगबिगी बढ्दै गएपछि एप्पलले आफ्ना डिभाइसका क्यामेरा हार्डवेयरबाट खिचिएका तस्वीरलाई प्रमाणीकरण गरी तिनको आधिकारिकता पुष्टि गर्ने प्रणाली विकास गरिरहेको हो ।
पछिल्लो समय जेनरेटिभ एआईका माध्यमबाट सेकेन्डभरमै वास्तविक देखिने नक्कली तस्वीर बनाउन सकिने भएकाले कुन फोटो साँच्चिकै क्यामेराबाट खिचिएको हो र कुन एआईले बनाएको हो भनेर छुट्याउन मुस्किल हुँदै गएको छ । यसअघि गुगलले ‘सिन्थ-आईडी’ मार्फत एआई फोटोमा वाटरमार्क राख्ने र मेटाले एआई सामग्रीमा लेबल लगाउने प्रविधि ल्याएका थिए ।
Read full story at source (techpana.com)