नाइजेरियामा समुदायबीचको झडपमा २० जनाभन्दा बढीको मृत्यु
khabarhub.com · Sat Aug 15 09:38:35 GMT 2026

अबुजा- मध्य नाइजेरियाको नाइजर राज्यमा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको झडपमा २० जनाभन्दा बढीको मृत्यु भएको स्थानीय सांसद तथा अन्य स्रोतहरूले बताएका छन्।
बोर्गू सङ्घीय निर्वाचन क्षेत्रका सांसद जाफर मुहम्मदले झडपको पुष्टि गर्दै स्थिति नियन्त्रणमा लिन सुरक्षा बल परिचालन गर्न माग गरेका छन्। उनका अनुसार स्थानीय मिलिसिया तथा विभिन्न जातीय समूहबीच भएको हिंसामा २० जनाभन्दा बढीको मृत्यु भएको हो।
Read full story at source (khabarhub.com)