‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८३’ का लागि पुस्तक आह्वान
ratopati.com · Sat Aug 15 09:44:14 GMT 2026

सर्लाही । सर्लाहीको लालबन्दी नगर वाङ्मय परिषद्ले राष्ट्रियस्तरमा ख्याति कमाएका साहित्य साधकलाई सम्मान गर्ने उद्देश्यले स्थापना गरेको ‘लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा साहित्य पुरस्कार–२०८३’ का लागि पुस्तक उपलब्ध गराउन आह्वान गरेको छ।
प्राप्त पुस्तकमध्ये सर्वोत्कृष्ट ठहरिएको एक कृतिका स्रष्टालाई ५० हजार रुपैयाँ राशिसहित सम्मानपत्र प्रदान गरिनेछ । पुरस्कार तथा सम्मान वितरणको मिति, समय र स्थानसँगै उत्कृष्ट १० कृतिको नामावली पछि प्रकाशन गरिने परिषद्ले जनाएको छ। नेपाली भाषा, साहित्य, कला, सङ्गीत तथा संस्कृतिको प्रवर्धनका लागि क्रियाशील परिषद्ले हरेक वर्ष स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ।
Read full story at source (ratopati.com)