‘सहकर्मीबाट बलात्कृत भएँ, अदालतले पीडकलाई धरौटीमा छाड्यो’
ratopati.com · Sat Aug 15 10:08:48 GMT 2026

काठमाडौँ । एक महिला सरकारी अधिकृतले आफ्नै सहकर्मीबाट बलात्कृत भएको र जिल्ला अदालतले प्रमाणको अनदेखा गरी पीडकलाई ५ लाख रुपैयाँ धरौटीमा छाडेर उन्मुक्ति दिएको आरोप लगाएकी छन्। शनिबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा पीडितले विगत दुई महिनादेखि न्यायका लागि माइतीघर मण्डलामा धर्ना बसिरहेको जानकारी दिएकी हुन्।
बलात्कारजस्तो गम्भीर अपराधको अनुसन्धानका लागि पुर्पक्षमा राख्नुपर्नेमा काठमाडौँ जिल्ला अदालतले पीडकलाई ५ लाख रुपैयाँ धरौटीमा छाडेको भन्दै ती पीडितले दुःखेसो व्यक्त गरेकी छन् । बारा जिल्ला कोल्हबी नगरपालिका हनुमानगन्ज स्थायी घर भएका लेखा अधिकृत विरुद्धको जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट धरौटीमा छुटेपछि आफू न्यायका लागि उच्च अदालत पाटन पुगेको उनले बताएकी छन्। तर उच्च अदालतले पनि जिल्लाकै निर्णय सदर गरेको उनले बताइन्।
Read full story at source (ratopati.com)