एसियाली खेलकुदमा काताबाट पदकको सम्भावना बलियो बनाउँदै नेपाल
canadanepal.com · Sat Aug 15 10:07:23 GMT 2026
काठमाडौँ - आगामी २०औँ एसियाली खेलकुदमा करातेको काता विधाबाट पनि नेपालले पदकको आशा गरेको छ । जापानको आइची–नागोयामा आगामी असोज ३ गतेदेखि हुने एसियाली खेलकुदमा नेपालले महिला एकल र महिला टिम कातामा प्रतिस्पर्धा गर्दैछ ।
नेपाल कराते महासङ्घका अनुसार महिला एकल कातामा सानुमाया थिङ तथा टिम कातामा सानुमायासँगै मेघा लिम्बू र एलिसा रास्कोटी मगरले प्रतिस्पर्धा गर्नेछन् । काता प्रशिक्षक मण्डेकाजी श्रेष्ठको प्रशिक्षणमा टोलीले तयारी गरिरहेको छ । नेपालले पहिलोपटक महिला टिम कातामा एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्न लागेको हो ।
Read full story at source (canadanepal.com)