नाट्टाको अध्यक्षमा पाण्डे निर्वाचित
nepalsamaya.com · Sat Aug 15 10:32:44 GMT 2026

काठमाडौं। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन्। सोल्टी होटलमा सम्पन्न नाट्टाको ५९औँ वार्षिक साधारणसभा तथा २५औँ कार्यसमितिको निर्वाचनबाट पाण्डे सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्।
अध्यक्ष पदमा भएको त्रिपक्षीय प्रतिस्पर्धामा पाण्डेले १८८ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम प्रतिस्पर्धी युविका भण्डारीले १५८ मत र जिश्वा तुलाधर श्रेष्ठले १०६ मत प्राप्त गरे। एभरेस्ट मिराकल ट्राभल्स एन्ड टुर्सका निर्देशक पाण्डेसँग पर्यटन क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव रहेको छ।
Read full story at source (nepalsamaya.com)