लामबद्ध नागरिक भन्छन्– ‘दिनभर कुर्दा पनि ग्यास पाएनौँ’
ratopati.com · Sat Aug 15 10:36:53 GMT 2026

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौँका पाँच स्थानबाट ग्यास बिक्री वितरण सुरु गरेको छ । आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौँसँगको समन्वयमा शनिबारदेखि पाँच वटा स्थानमा ग्यास उद्योग तथा डिपोमार्फत वितरण थालेको हो।
ग्यास वितरणका लागि टेकुस्थित नेपाल आयल निगम परिसर, चाबहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुर, वसुन्धरास्थित राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसर तोकिएको छ। बिक्री केन्द्रअनुसार फरक(फरक ब्रान्डका ग्यास उपलब्ध गराइएको निगमले जनाएको छ। निगमले तोकेका स्थानमा ग्यास लिन बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको छ।
Read full story at source (ratopati.com)