यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग
hamrakura.com · Sat Aug 15 00:00:00 GMT 2026
काठमाडौँ। उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा निर्मित कारखाना र बजारमा स्थापित ‘गैँडा छाप’ जस्तो बलियो ब्रान्ड हुँदाहुँदै पनि उदयपुर सिमेन्ट उद्योग पछिल्लो समय गम्भीर सङ्कटबाट गुज्रिरहेको छ। गाइघाट बजारको विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको यो सरकारी उद्योगभित्रको आन्तरिक भ्रष्टाचार, कमजोर व्यवस्थापन, अदूरदर्शी नेतृत्व, राजनीतिक हस्तक्षेप र विभिन्न समूहगत स्वार्थका कारण क्रमशः धराशायी बन्दै गएको हो।
उत्पादन भइसकेको सिमेन्ट बोरा नपाएर विगत छ महिनादेखि गोदाममै थन्कनुले उद्योगको कमजोर व्यवस्थापन र नेतृत्वको अदूरदर्शी सोचलाई स्पष्ट रूपमा झल्काउँछ। चितवनस्थित आशीर्वाद पोली प्याक्सबाट बोरा आपूर्ति बन्द भएपछि र पुरानो भुक्तानी विवादले गर्दा बजारमा सिमेन्ट पठाउन बाध्यात्मक रोक लागेको छ। उद्योग प्रशासन र आपूर्तिकर्ताबीच भुक्तानीलाई लिएर आआफ्नै दाबी रहे पनि यसको प्रत्यक्ष मार उद्योगलाई परिरहेको छ।
Read full story at source (hamrakura.com)