ग्यासको अभाव चर्किएपछि काठमाडौँका पाँच स्थानबाट बिक्री वितरण शुरू
hamrakura.com · Sat Aug 15 00:00:00 GMT 2026
काठमाडौँ। खाना पकाउने एलपी ग्यासको अभाव चर्किएसँगै नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा शनिबारदेखि काठमाडौँका पाँचवटा स्थानबाट ग्यास बिक्री वितरण शुरू गरेको छ।
ग्यास उद्योग तथा डिपोहरूको सहकार्यमा टेकुस्थित नेपाल आयल निगम परिसर, चाबहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुर र वसुन्धरास्थित राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ग्यास वितरण भइरहेको छ। निगमले तोकेका यी बिक्री केन्द्रहरूबाट बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास वितरण गर्ने योजना बनाएको छ। केन्द्रअनुसार फरक–फरक ब्रान्डका सिलिण्डरहरू उपलब्ध गराइएको छ भने बबरमहल केन्द्रबाट मात्रै काठमाडौँका जुनसुकै क्षेत्रका उपभोक्ताले ग्यास लिनसक्ने र त्यहाँ करिब १० प्रकारका ग्यास सिलिण्डर उपलब्ध रहेको निगमका कर्मचारी भीमप्रसाद पौडेलले जानकारी दिए।
Read full story at source (hamrakura.com)