पछिल्लो २४ घण्टामा १३ को मृत्यु, पाँच जना बेपत्ता
hamrakura.com · Sat Aug 15 00:00:00 GMT 2026
काठमाडौँ। नेपालमा मनसुनी विपद् तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन्। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको विवरणअनुसार देशका ४३ जिल्लामा ५२ वटा विपद्का घटना घटेका छन्, जसबाट ४३ जना नागरिक घाइते भएका छन्।
प्राधिकरणको तथ्याङ्कअनुसार विशेषगरी पहिरोका कारण मात्र १० जनाको ज्यान गएको छ। विपद्का कारण देशभर १२ स्थानमा सडक आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ भने करिब ६ लाख ४७ हजार रूपैयाँ बराबरको प्रारम्भिक भौतिक क्षति भएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा प्रतिकार्यका लागि २६१ जना प्रहरी जनशक्ति परिचालन गरिएको र हालसम्म २ जनाको सकुशल उद्धार गरिएको छ।
Read full story at source (hamrakura.com)