के एअर इन्डियाका पाइलटले गाँजा खाएका थिए ?
ratopati.com · Sat Aug 15 11:15:00 GMT 2026

नयाँ दिल्ली । एअर इन्डियाको एक विमान उडानका क्रममा अचानक करिब ९१ मिटर तल झरेपछि त्यसका क्याप्टेनको ‘गाँजा–सेवन परीक्षण रिपोर्ट’ पोजेटिभ आएको भन्ने रिपोर्टले भारतको उड्डयन सुरक्षामाथि नयाँ प्रश्न उठाएको छ । तर उक्त नतिजा अहिलेसम्म आधिकारिक रूपमा पुष्टि भने भएको छैन । पुष्टि भएको अवस्थामा पनि परीक्षण पोजेटिभ आउनुले पाइलट उडानका बेला गाँजाको प्रभावमा थिए भन्ने कुरा प्रमाणित हुँदैन ।
अगस्ट ४ मा फुकेटबाट नयाँ दिल्लीका लागि उडेको एअर इन्डियाको एअरबस ए३२० विमान अचानक करिब ९१ मिटर तल झरेको थियो । विमानमा १३७ यात्रु र आठ जना चालक दलका सदस्य थिए । घटनामा १३ यात्रु र चार चालक दलका सदस्य घाइते भए पनि विमान सुरक्षित रूपमा दिल्लीमा अवतरण गरेको थियो ।
Read full story at source (ratopati.com)