कान्तिपुर थिएटरमा ‘समर लभ’ को मञ्चन उत्साहजनक
nepalsamaya.com · Sat Aug 15 11:36:42 GMT 2026

काठमाडौं। सुविन भट्टराईको सर्वाधिक चर्चित उपन्यासमा आधारित नाटक ‘समर लभ’ ले कान्तिपुर थिएटरमा उत्साहजनक सुरुवात गरेको छ। सम्राट भुजेलको निर्देशनमा तयार भएको नाटक श्रावण २९ गतेदेखि मञ्चन सुरु भएको हो।
नाटकका पहिलो दुई दिनका चारै शो तीन दिनअघि नै हाउसफुल भएका थिए भने भोलिका दुवै शोका टिकट पनि अग्रिम बुकिङ भइसकेका छन्। यसअघि कान्तिपुर थिएटरले मञ्चन गरेको ‘सेतो धरती’ ले १०१ कीर्तिमानी शो सम्पन्न गर्दै नेपाली रंगमञ्चमा नयाँ इतिहास रचेको थियो।
Read full story at source (nepalsamaya.com)