सरकारी वितरण केन्द्रबाट ग्यास पाउँदा उपभोक्ता खुसी
nepalsamaya.com · Sat Aug 15 11:40:45 GMT 2026

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नम्बर ३२ जडीबुटी बस्ने तारा तामाङले एलपिजी ग्यासको अभाव झेल्दै आइरहेकी थिइन्। उनी आफ्नो घरनजिकैको ग्यास बिक्रेताकहाँ पटकपटक नाम टिपाउन जाँदा पनि सिलिण्डर लिन सफल भइनन्।
तर, आज नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा विभिन्न कम्पनीले बबरमहलस्थित पुरानो जिप्रका परिसरमा ग्यास वितरण गरेको थाहा पाएपछि यहाँ पुगेकी उनले ग्यास पाउँदा राहतको महसुस गरेको बताइन्। 'ग्यासका लागि धेरै भौतारिँदै हिँडियो। जडीबुटी आसपासका ग्यास बिक्रेताले नाम टिप्नसमेत मान्दैनथे,' उनले भनिन्, 'कम्तीमा यहाँ एक थान भरि सिलिन्डर पाउँदा पनि ठूलो राहतको महसुस भइरहेको छ।'
Read full story at source (nepalsamaya.com)