हतियार र हिंसा छाडेका महिलाहरु ‘फेशन सो’मा!
nepallive.com · Sat Aug 15 11:49:24 GMT 2026

काठमाडौं– छत्तीसगढको घना जंगलमा कुनैबेला जुन हातमा राइफल हुन्थ्यो र जसलाई देख्नेवित्तिकै समाजमा आम मानिस भयवित हुन्थे, आज तीनै महिला सुन्दरता र आत्मविश्वासको नयाँ उदारहण बनेका छन् । विद्रोह र हिंसात्मक बाटो छाडेर आज उनीहरु सामाजको मूल प्रवाहमा फर्किएका छन् । यीनै महिलाहरुले रंगीविरंगी पहिरनमा र्याम्पमा जब कदम राखे, तब त्यहाँ उपस्थित मानिहरु दंग परे । उनीहरुको मुहारको मुस्कान र ओजपूर्ण उपस्थितिले सबैको ध्यान खिच्यो र सामाजिक सञ्जालदेखि लिएर सबैतिर यसको चर्चा भइरहेको छ ।
यो आश्चर्यचकित पार्ने र ऐतिहासिक दृश्य शुक्रबार रायपुरको पन्डित दीनदयाल उपाध्याय अडिटोरियममा आयोजित राज्यस्तरीय बुनकर सम्मेलनमा देखिएको हो । राष्ट्रिय हथकरघा दिवसको अवसरमा सुकमा जिल्लाका पूर्वलडाकु ९ जना महिलाले छत्तीसगढको पारम्परिक ‘कोसा सिल्क’ र ह्यान्डलुमबाट निर्मित शानदार पहिरन लगाएर क्याटवाक गरे ।
Read full story at source (nepallive.com)