जनताको प्रहरी : सुधार, उत्तरदायित्व र सङ्गठनात्मक मर्यादाको नयाँ दृष्टिकोण
nepalpress.com · Sat Aug 15 11:54:44 GMT 2026

प्रहरी राज्यको केवल सुरक्षा संयन्त्र होइन, नागरिकको भरोसाको पहिलो आधार पनि हो । सङ्कटमा परेको नागरिकले सबैभन्दा पहिले खोज्ने संस्था प्रहरी हो । त्यसैले नेपाल प्रहरीलाई आधुनिक, व्यावसायिक, अनुशासित र जनमैत्री बनाउनु राज्यको प्राथमिक जिम्मेवारी हुनुपर्छ । प्रहरीको वास्तविक शक्ति हतियारमा होइन, जनताको विश्वासमा हुन्छ । जहाँ प्रहरीप्रति नागरिकको भरोसा बलियो हुन्छ, त्यहाँ कानुनको शासन पनि बलियो हुन्छ ।
नेपाल प्रहरीलाई साँच्चिकै ‘जनताको प्रहरी’ बनाउने हो भने सङ्गठनभित्रको वृत्ति विकास प्रणालीमा पनि समयानुकूल सुधार आवश्यक छ । एउटै पदमा लामो समयसम्म काम गरिरहेका सक्षम, इमानदार र कार्यसम्पादनमा अब्बल प्रहरी कर्मचारीलाई निश्चित मापदण्डका आधारमा समयमै पदोन्नतिको अवसर दिनुपर्छ ।
Read full story at source (nepalpress.com)