तनहुँ र लमजुङमा भारी वर्षा, मादी खोला आसपास उच्च सतर्कता अपनाउन आग्रह
ratopati.com · Sat Aug 15 12:09:39 GMT 2026

काठमाडौँ । पछिल्लो एकदेखि तीन घण्टामा तनहुँको स्याम्घा, लमजुङको खुन्छा र त्यस आसपासका क्षेत्रमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार बेलुका ५ : ३० बजेसम्मको अपडेटमा यो जानकारी दिएको हो ।
ती क्षेत्रहरूमा थप वर्षा हुने सम्भावना कायमै रहेको छ। वर्षाका कारण मादी खोला लगायत सो क्षेत्र भई बहने अन्य साना–ठूला खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने र बाढीको जोखिम रहने देखिएको छ।
Read full story at source (ratopati.com)