इन्डोनेसियाको भूकम्पमा परि कम्तीमा ३८ जनाको मृत्यु, उद्धार कार्य जारी
hamrakura.com · Sat Aug 15 00:00:00 GMT 2026
काठमाडौँ । इन्डोनेसियाको फ्लोरेस टापु नजिक शनिबार गएको शक्तिशाली भूकम्पका कारण कम्तीमा ३८ जनाको मृत्यु भएको छ भने धेरै मानिसहरू भग्नावशेषमा फसेका छन्। ७.७ रेक्टर स्केलको यो शक्तिशाली भूकम्पले दर्जनौँ घर तथा संरचनाहरूमा ठूलो क्षति पुर्याएको छ।
इन्डोनेसियाको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायका प्रमुख सुहार्यान्तोले हालसम्म १३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जानकारी दिएका छन्। “धेरै भवनहरूका भग्नावशेषमा पीडितहरू फसेका छन्, त्यसैले हाम्रो पहिलो प्राथमिकता जीवित मानिसहरूको उद्धार गर्नु हो,” उनले पत्रकार सम्मेलनमा बताए। उद्धार तथा राहत कार्यलाई तिब्र बनाउन दुईवटा हेलिकोप्टर र एक विमान तयारी अवस्थामा राखिएको छ।
Read full story at source (hamrakura.com)