प्रज्ञा–प्रतिष्ठान: केही भ्रम, केही प्रस्टीकरण
ratopati.com · Sat Aug 15 12:15:00 GMT 2026

नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत तीनवटै प्रज्ञा–प्रतिष्ठानले भर्खरै प्राज्ञहरूको नयाँ टिम प्राप्त गरेका छन् । नवनियुक्त सबैलाई म अविच्छिन्न उत्तराधिकारीको सम्मानभावसहित बधाई ज्ञापन गर्न चाहन्छु । र, यस आलेखको सुरुमै अग्रिम कामना पनि गरिहाल्छु– उच्च नैतिकता र असल संस्कृतिको सन्देश प्रवाह गर्न नचुक्नुहोस् । किनभने आजसम्म कहिल्यै नभनिएको र नसोचिएको प्राज्ञिक योग्यताको एउटा आन्तरिक र मुख्य पाटो यो पनि हो । यसर्थ कि प्राज्ञहरू भनेका देशका सांस्कृतिक दूत हुन् ।
यसै मेसोमा लगभग तीन वर्ष तीन महिना कुलपतिको हैसियतमा त्यहाँ काम गरेको अनुभव छ मसँग । र, आफूले पूरा गरेको निर्दिष्ट लक्ष्यका साथ खासगरी नेपाल प्रज्ञा–प्रतिष्ठानको विषयमा विगत लामो समयदेखि निर्मित हाम्रा धारणा, बुझाइ र भ्रमहरूबारे दुई–चार कुरा राख्न चाहन्छु ।
Read full story at source (ratopati.com)