मुस्ताङमा शङ्कास्पद कन्टेनरसहित आठ चालक पक्राउ
nepalsamaya.com · Sat Aug 15 12:21:22 GMT 2026

पोखरा। मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित पर्यटक जाँच चौकीबाट शङ्कास्पद कन्टेनरसहित आठ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिइएका कन्टेनर र चालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन, ललितपुर पठाइएको छ।
शनिबार दिउँसो करिब १२ बजे जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको टोलीले अवैध वस्तु ओसारपसार भइरहेको सूचनाका आधारमा जोमसोम पर्यटक जाँच चौकीमा विभिन्न कन्टेनरका कागजपत्र जाँच गर्नुका साथै चालकसँग सोधपुछ गरेको थियो।
Read full story at source (nepalsamaya.com)