पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न
khabarhub.com · Sat Aug 15 12:20:38 GMT 2026

काठमाडौं – उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा मतदान सम्पन्न भएको छ ।
उक्त बारको प्रमुख निर्वाचन अधिकृत शान्तिराम खतिवडाका अनुसार मतदान सम्पन्न भएको छ । कूल एक हजार ५३३ मत खसेको छ । सो बारमा दुई हजार ३६६ जना मतदाता रहेका थिए । विद्युतीय माध्यमबाट भएको मतदानको परिणाम आजै आउने जनाइएको छ ।
Read full story at source (khabarhub.com)