रौतहटमा कल्भर्टको पर्खालबाट लडेर पाँच वर्षीया बालिकाको मृत्यु
ratopati.com · Sat Aug 15 12:33:10 GMT 2026

गौर । रौतहटको दक्षिणी भेगस्थित परोहा नगरपालिका–९ खापड टोलमा कलभर्टको पर्खालबाट लडेर जमेको पानीमा डुब्दा पाँच वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शेख मेहबुल हककी पाँच वर्षीया छोरी फातमा खातुन रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमका अनुसार फातमा शनिबार बिहान बाख्रा चराउन घरबाट निस्किएकी थिइन् । बाख्रा चराउने क्रममा कलभर्टको पर्खालबाट खाल्टोमा खसेर जमेको पानीमा डुबेकाले उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Read full story at source (ratopati.com)