इन्डोनेसिया भूकम्प अपडेटः मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो
barnanmedia.com · Sat Aug 15 12:31:05 GMT 2026

इन्डोनेसियाको फ्लोरेस टापु नजिक शनिबार शक्तिशाली भूकम्प गएपछि उद्धारकर्मीले भग्नावशेषमा बाँचेकाको खोजी गरिरहेका छन् । प्राकृतिक प्रकोप व्यवस्थापन अधिकारीका अनुसार भूकम्पका कारण कम्तीमा ३८ जनाको मृत्यु भएको छ ।
इन्डोनेसियाको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायका प्रमुख सुहार्यान्तोले भूकम्पमा परेका १३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको तीमध्ये दुई जनाको स्वास्थ्य गम्भीर अवस्थामा रहेको बताउनुभएको छ । “धेरै भवनका भग्नावशेषमा पीडितहरू फसेका छन्,” सुहार्यान्तोले बताउनुभयो । “प्रकोप व्यवस्थापन टोलीको पहिलो प्रयास भग्नावशेषमा फसेका जीवित मानिसको उद्धारका लागि प्रारम्भिक लक्ष्य हुने छन्,” उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो ।
Read full story at source (barnanmedia.com)