कबड्डीको काँधमा पदक सपना
onlinekhabar.com · Sat Aug 15 12:56:10 GMT 2026
३० साउन, काठमाडौँ । चीनको हाङझावमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा सहभागी हुँदा नेपाली महिला कबड्डी टोलीले पदक जित्ने कल्पना धेरैले गरेका थिएनन् । पुरुष टोली जस्तै महिला कबड्डी टोली पनि सहभागितामै सीमित हुने आकलन धेरैको थियो ।
तर, महिला टोलीले एसियाडको मञ्चमा शानदार प्रदर्शन गर्दै नेपाललाई ऐतिहासिक कांस्य पदक दिलायो । अघिल्लो संस्करणमा चमत्कारिक प्रदर्शन गरेको महिला कबड्डी टोलीले यस पटक पनि इतिहास रच्ने लक्ष्यसहित २०औँ एसियाली खेलकुदमा सहभागी हुँदैछ ।
Read full story at source (onlinekhabar.com)