दुर्गा प्रसाईँको घरकाे गेटमा प्रहरी परिचालन, भक्तपुर प्रहरीलाई ‘जानकारी छैन’
nepalpress.com · Sat Aug 15 13:12:07 GMT 2026

भक्तपुर । पटकपटक समातिदै र छुट्दै आएका व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा शनिबार पनि प्रहरी पुगेको छ । तर ती प्रहरी कहाँबाट गएका हुन् भन्नेबारे जिल्ला प्रहरी कार्यालयलाई जानकारी छैन ।
दुर्गा प्रसाईंका छाेरा निराजन प्रसाईंले दिउसाे १ बजेदेखि तीनवटा गाडीमा प्रहरी आएर गेटमा बसेकाे बताए । त्यसबेला दुर्गा घरमै थिए । ‘उनीहरू गेटमा बसेर निगरानी गरिरहेका थिए । तर बुवालाई पक्राउ गर्ने प्रयास गरेनन् । किन आएकाे भनेर हामीले साेध्दा स्पष्ट जवाफ पनि दिएनन्’, निराजनले भने ।
Read full story at source (nepalpress.com)