एशियन कप छनोट फुटबलमा नेपाल र बङ्गलादेश भिड्दै
kathmandupress.com · Sun Sep 18 08:51:00 GMT 2022
काठमाडौं, असोज २ : बहराइनमा जारी एएफसी यू–२० एशियन कप फुटबल छनोट खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । बहराइनको शेख अलि बिन मोहमद अल खालिफा रङ्गशालामा नेपालले समूह चरणको चौथो तथा अन्तिम खेलमा बङ्गलादेशको सामना गर्ने भएको हो ।
नेपाल र बङ्गलादेशबीचको खेल आज राति ८ः४५ बजेदेखि सुरु हुनेछ । छनोट खेलमा लगातार तेस्रो हार बेहोरेको नेपाल बङ्गलादेशविरुद्धको खेलमा पहिलो जीत हात पार्दै प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ।
Read full story at source (kathmandupress.com)