नागरिकका समस्या समाधानमा गृहमन्त्री गुरुङको प्रतिबद्धता
barnanmedia.com · Sat Aug 15 13:06:35 GMT 2026

गृहमन्त्री सुधन गुरुङ गोरखाको आरूघाट गाउँपालिका र भीमसेन थापा गाउँपालिकाका बस्तीसम्म पुग्नुभएको छ। मतदाताका दुःख, पीडा र गुनासो प्रत्यक्ष सुन्ने उद्देश्यका साथ गृहमन्त्री गुरुङ दुई दिनदेखि गाउँ–गाउँ पुगेर नागरिकसँग निरन्तर संवाद गरिरहनुभएको छ।
गाउँका चौतारा र घरका आँगनमा उभिएर गृहमन्त्री गुरुङले स्थानीयवासीका कुरा ध्यानपूर्वक सुनिरहनुभएको छ। वर्षौँदेखि समाधानको प्रतीक्षामा रहेका सडक, खानेपानी, विद्युत्, सुरक्षा, रासायनिक मल, विपद् व्यवस्थापन र सरकारी सेवासँग सम्बन्धित गुनासा नागरिकले उहाँसमक्ष प्रस्तुत गरेका छन्।
Read full story at source (barnanmedia.com)