वीरगन्ज नाकाबाट ३ सय ७८ महिला र बालिकाको उद्धार, प्रेम सम्बन्ध र नेटवर्किङ कम्पनी मुख्य चुनौती
annapurnapost.com · Sat Aug 15 13:16:39 GMT 2026

वीरगन्ज : वीरगन्ज नाकाबाट तीन वर्षको अवधिमा मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका ३ सय ७८ जना महिला तथा बालबालिकालाई उद्धार गरिएको छ। नाकामा परिचालित माइती नेपाल र प्रहरीको पहल र सहयोगमा आर्थिक वर्ष २०८०/०८१ देखि आर्थिक वर्ष २०८२/०८३ सम्म तीन वर्षको अवधिमा ३ सय ७८ जना महिला तथा बालबालिकालाई उद्धार गरिएको हो।
वीरगन्जमा आयोजित एक कार्यक्रममा माइती नेपालकी पर्सा संयोजक गोमा पौडेलले वीरगन्ज नाकाबाट आर्थिक वर्ष २०८०/०८१ मा ७९ महिला र ३२ बालिका गरी १११ जना, आर्थिक वर्ष २०८१/०८२ मा १०९ महिला र ६० बालिका गरी १६९ जना र गत आर्थिक वर्ष २०८२/०८३ मा ६३ महिला र ३५ बालिका गरी ९८ जनालाई उद्धार गरिएको जानकारी गराइन्।
Read full story at source (annapurnapost.com)