म प्रधानमन्त्री हुँदा ३ प्रतिशत गरिबी घट्यो, अहिले नेपालमा चरम गरिबी छैन : केपी शर्मा ओली
onlinekhabar.com · Sat Aug 15 13:27:19 GMT 2026

३० साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपालमा चरम गरिबी नरहेको बताएका छन् । एमालेले १० वर्ष सरकार चलाउँदा चरम गरिबी अन्त्य गरेको उनले दाबी गरेका हुन् ।
‘नेकपा एमाले सरकारमा गएका बेला रोजगारी यसरी सिर्जना गर्यौं कि जसले गर्दा नेपालमा तीन वर्ष म प्रधानमन्त्री हुँदा गरिबी कमसे कम ३ प्रतिशतले घटेको थियो,’ शनिबार इलाममा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले भने, ‘हाम्रो बहुमत थिएन, नभएपनि अरूसँग मिलेर हामीले लिड गरेर काम गर्दा नेपालमा ३ प्रतिशतले गरिबी घट्यो । १० वर्ष हामीले काम गर्दा चरम गरिबीलाई हामी अन्त्य गर्यौं ।’
Read full story at source (onlinekhabar.com)