अमेरिकासँग वार्ताका लागि इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ
barnanmedia.com · Sat Aug 15 13:29:03 GMT 2026

इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने विषयमा इरानले अहिलेसम्म कुनै निर्णय नगरेको बताउनुभएको छ । सरकारी समाचार संस्था आइआरआइबीका अनुसार शनिबार एक अन्तर्वार्तामा अराघचीले कतार र पाकिस्तानजस्ता मध्यस्थकर्तामार्फत इरान र अमेरिकाबिच सन्देश आदानप्रदान भइरहेको जानकारी दिनुभयो ।
तर, यस्तो सन्देश आदानप्रदानलाई वार्ता पुनः सुरु भएको अर्थमा लिन नहुने उहाँले स्पष्ट पार्नुभयो । गत जुनमा दुई देशबिच युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको स्मरण गर्दै अराघचीले अमेरिकाले उक्त समझदारी उल्लङ्घन गरेपछि पुनः द्वन्द्व सुरु भएको आरोप लगाउनुभयो ।
Read full story at source (barnanmedia.com)