पुराना नेपाली फिल्ममा आकर्षण : दर्शकले 'भुँइमै बसेर' पनि हेरे
ratopati.com · Sat Aug 15 13:42:26 GMT 2026

काठमाडौँ, ३० साउन : अत्याधुनिक मल्टिप्लेक्स र डिजिटल स्ट्रिमिङ (ओटीटी) प्लेटफर्मको दबदबा रहेको वर्तमान समयमा, दशकौँ पुराना नेपाली चलचित्र हेर्न दर्शकको घुइँचो लाग्ला ? धेरैका लागि यो प्रश्नको उत्तर ‘सायद अहँ, हुन्न’ भन्ने हुन सक्थ्यो । तर, नेपाल सरकार, चलचित्र विकास बोर्डले आयोजना गरेको ऐतिहासिक चलचित्र प्रदर्शन शृंखला ‘ओल्ड इज गोल्ड’ले यसको जवाफ हाउसफुल हल, भुइँमै बसेर चलचित्र हेरिरहेका दर्शक र उनीहरूको अभूतपूर्व उपस्थितिमार्फत दिएको छ ।
बुधबार ‘जीवनरेखा’ र ‘बदलिँदो आकाश’को प्रदर्शनसँगै सम्पन्न भएको सात दिने यस शृंखलाले नेपाली चलचित्रको इतिहासलाई केवल अभिलेख र रिलमा मात्र सीमित नराखी दर्शकसम्म पुर्याउने सरकारी प्रयासको सफल परीक्षण गरेको छ ।
Read full story at source (ratopati.com)