शनिबार काठमाडौँमा निगमले ६८०२ सिलिन्डर बिक्री गर्यो
ratopati.com · Sat Aug 15 13:59:48 GMT 2026

काठमाडौंँ । नेपाल आयल निगमले शनिबार काठमाडौंका विभिन्न पाँच बिक्री केन्द्रहरूबाट कुल ६ हजार ८ सय २ थान खाना पकाउने एलपी ग्यास सिलिन्डर प्रत्यक्ष रूपमा उपभोक्तालाई बिक्री गरेको छ ।
निगमले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै टेकु परिसर, यातायात कार्यालय चावहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर बसुन्धरा र पुरानो जिल्ला प्रशासन कार्यालय बबरमहलबाट उक्त परिमाणमा ग्यास वितरण गरिएको जानकारी दिएको हो ।
Read full story at source (ratopati.com)