भोलि काठमाडौँका यी सात स्थानबाट ग्यास बिक्री गरिँदै
nepalnews.com · Sat Aug 15 14:04:19 GMT 2026

काठमाडौँ। खाना पकाउने (एलपी) ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै काठमाडौँका सात स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री गरिने भएको छ।
नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा भोलि (आइतबार) विभिन्न ग्यास उद्योगले तोकिएका स्थानबाट ग्यास बिक्री गर्न लागेका हुन्। निगमका अनुसार टेकुस्थित निगमको परिसर, बूढानीलकण्ठको चपलीस्थित पशुसेवा शाखा, कीर्तिपुरको राजास्वामी परिसर, नयाँबजारको टुडिखेल परिसर, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरि नगरपालिका कार्यालय र भक्तपुरको ठिमीस्थित राष्ट्रिय क्षयरोग केन्द्रबाट ग्यास बिक्री गरिनेछ।
Read full story at source (nepalnews.com)